काठमाडौं– भारतको सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा)ले अगामी शासनकालका लागि सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको प्रतिबद्धतासहितको चुनावी घोषणा पत्र जारी गरेको छ । नयाँ दिल्लीस्थित पार्टीको मुख्यालयमा मोदीले चुनावी घोषणापत्र जारी गरे ।
चुनावी घोषणापत्रमै भारजपाले दार्जिलिङ र सिक्किम क्षेत्रका नेपाली भाषीको मत लिने गरी नयाँ नीति बनाएको छ । भाजपाले भारतीय गोर्खा अन्तर्गतका ११ जातिलाई जनजातिको मान्यता दिलाउने घोषणा गरेको छ । भाजपाले सन २०१४ को चुनावमा पनि यस्तै प्रतिबद्धता जनाएको थियो ।
यही प्रतिबद्धताकै आधारमा सन् २०१४ को चुनावमा दार्जिलिङको एकमात्र लोकसभा सिटका लागि गोर्खामुक्ति मोर्चा (गोमुमो)लगायतका संगठनले भाजपालाई समर्थन गरेका थिए । उक्त सिटमा भाजपाका एससएस अहलुलिबालिया निर्वाचित भएका थिए ।
तर, पाँच वर्षीभत्र पनि आफ्नो नेतृत्वको सरकारले भुजेल, गुरुङ, मगर, नेवार, जोगी, खस, राई, सुनार, थामी, याखा (देवान) र धिमाल गरी ११ जातिलाई जनजातिको मान्यता दिनेसम्बन्धी विधेयक लोकसभामा नलगेको भन्दै दार्जिलिङमा भाजपाको चर्को विरोध हुँदै आएको छ ।
गोमुमो लगायतका संगठनले त भाजपामाथि दाजिलिङलाई धोका दिएको आरोपसमेत लगाएका छन् । उक्त विरोधपछि दाजिलिङमा राजपाको उपस्थिति कमजोर हुने आँकलन गरिएको थियो । यही बेला राजपाले दाजिलिङबासीलाई फकाउन चुनावी घोषणापत्रमै यो व्यवस्था गरेको हुनसक्ने खबर कान्तिपुरले छापेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’