दार्जिलिङ र सिक्किमका नेपाली भाषीलाई फकाउँदै मोदी

दार्जिलिङ र सिक्किमका नेपाली भाषीलाई फकाउँदै मोदी

narendra modi

काठमाडौं– भारतको सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा)ले अगामी शासनकालका लागि सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको प्रतिबद्धतासहितको चुनावी घोषणा पत्र जारी गरेको छ । नयाँ दिल्लीस्थित पार्टीको मुख्यालयमा मोदीले चुनावी घोषणापत्र जारी गरे ।

चुनावी घोषणापत्रमै भारजपाले दार्जिलिङ र सिक्किम क्षेत्रका नेपाली भाषीको मत लिने गरी नयाँ नीति बनाएको छ । भाजपाले भारतीय गोर्खा अन्तर्गतका ११ जातिलाई जनजातिको मान्यता दिलाउने घोषणा गरेको छ । भाजपाले सन २०१४ को चुनावमा पनि यस्तै प्रतिबद्धता जनाएको थियो ।

यही प्रतिबद्धताकै आधारमा सन् २०१४ को चुनावमा दार्जिलिङको एकमात्र लोकसभा सिटका लागि गोर्खामुक्ति मोर्चा (गोमुमो)लगायतका संगठनले भाजपालाई समर्थन गरेका थिए । उक्त सिटमा भाजपाका एससएस अहलुलिबालिया निर्वाचित भएका थिए ।

तर, पाँच वर्षीभत्र पनि आफ्नो नेतृत्वको सरकारले भुजेल, गुरुङ, मगर, नेवार, जोगी, खस, राई, सुनार, थामी, याखा (देवान) र धिमाल गरी ११ जातिलाई जनजातिको मान्यता दिनेसम्बन्धी विधेयक लोकसभामा नलगेको भन्दै दार्जिलिङमा भाजपाको चर्को विरोध हुँदै आएको छ ।

गोमुमो लगायतका संगठनले त भाजपामाथि दाजिलिङलाई धोका दिएको आरोपसमेत लगाएका छन् । उक्त विरोधपछि दाजिलिङमा राजपाको उपस्थिति कमजोर हुने आँकलन गरिएको थियो । यही बेला राजपाले दाजिलिङबासीलाई फकाउन चुनावी घोषणापत्रमै यो व्यवस्था गरेको हुनसक्ने खबर कान्तिपुरले छापेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ