राष्ट्रपतिको हातबाट घुस्याहा अधिकृतलाई सम्मान गर्ने तयारी

राष्ट्रपतिको हातबाट घुस्याहा अधिकृतलाई सम्मान गर्ने तयारी

ghisiyalai samman

काठमाडौं – असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ । तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार घुससहित पक्राय परेका थिए । उनी गृह मन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने सूचीमा छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दासमेत दायर गरिसकेको छ । लेनदेनको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए । हजारौँ अधिकृतमध्ये उत्कृष्ट भन्दै गृह मन्त्रालयले उनलाई छनोट गरेको थियो । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ