पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले विभिन्न ४ बुँदे माग राख्दै पोखरा महानगरपालिका तथा वडा कार्यालयहरुमा ज्ञापन पत्र बुझाएको छ । बुधबार युनियनका अध्यक्ष शेखर गौतमको नेतृत्वमा पोखरा महानगरपालिका तथा ६ वटा वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । युनियनले महानगरपालिकाका उपमेयरलाई तथा वडा नम्बर ५, ६, ७, ८, १६ र १९ का वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
युनियनले शैक्षिक सत्रसँगै संस्था भित्र भएका व्यापारीकरणको अन्त्यका लागि छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने, छात्रवृत्तिको रुपमा दिँदै आएको प्रतिशतलाई बढाएर २० प्रतिशत बनाउनु पर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै, ज्ञापन पत्रमा आफ्नो संगठनले गरेको छड्के जाँचमा स्कूल बसले यात्रु क्षमता भन्दा बढि बिद्यार्थी बोक्ने गरेको जानकारी गराउँदै त्यसरी मानव अधिकार हनन गर्ने बिद्यालयलाई कारवाही गर्न, स्कुल तहमा बितरण हुने छात्रावृत्ति पारदर्शी बनाउन छानविन गरि दोषीलाई कारवाही तथा बार्षिक तथा मासिक शुल्कमा अनियमितता गर्ने बिद्यालयहरुलाई कारवाहीको माग गरिएको छ ।
युनियनका अध्यक्ष गौतमका अनुसार ज्ञापन पत्र बुझेपछि सबै स्थानीय सरकारबाट यहि वर्षबाट १० प्रतिशत कार्यान्वयन गर्ने आश्वासन दिएका छन् । उपमेयर मञ्जुदेवी गुरुङले नगरपालिकाको आन्तरिक कारणले गर्दा समयमै गतिबिधि अघि बढाउन नसक्नु कमजोरी भएको बताउँदै तत्काल शिक्षा समितिको बैठक राखेर माग पुरा गर्ने काम अघि बढाउने बताएकी थिईन् ।
सम्बन्धित खबर
पाँचौं टाइगर कप भलिबल प्रतियोगिता संयोजकमा ज्ञवाली
प्रेस सेन्टर कास्कीको अध्यक्षमा बराल
कास्की जिल्लाको मानव अधिकारको अबस्थाका सम्बन्धमा जिसस कास्कीको छलफल
नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीको छैटौँ वार्षिक साधारण सभा
पोखरामा ३३ विद्यालयका १ सय ४५ जना शिक्षक र कर्मचारी सम्मानित
शिक्षाविद् डा. राधेश्याम कायस्थको शालिक निर्माण
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी
पोखरा राइडर्स क्लबका अध्यक्ष क्षेत्री र डोली पक्राउ