त्रिपोलीमा भिडन्त, ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

त्रिपोलीमा भिडन्त, ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

Capture-1

त्रिपोली– लिबियाको राजधानी त्रिपोलीमा भीडन्त हुँदा ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । यसअघि राष्ट्रसंघले संघर्षमा घाइते भएको र सर्वसाधारणको उद्दारका लागि दुई घण्टा युद्धविरामका लागि आग्रह गरेपछि भिडन्त जारी छ । जनरल खलिफा हफतरको नेतृत्वको विद्रोही फौज राजधानीलाई नियन्त्रण गर्ने उद्देश्यका साथ राजधानीलाई दक्षिण र पश्चिमतर्फबाट आक्रमण गर्न अघि बढेका छन् ।

प्रधानमन्त्री फयेज अल सेराजले हाफतरले कु गर्न खोजेको भन्दै उनीहरुको प्रतिरोध हुने जनाएका छन् । त्रिपोलीमा भएको संघर्षमा मारिनेमा रेड क्रसका एक चिकित्सक समेत रहेका छन् । जनरल हफतरको फौजले उनीहरुको १४ लडाकु मारिएको जनाएका छन् ।

लिबियाका परिस्थिति खराब हुँदै गएपछि अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुले आफ्नो नागरिकको उद्दार शुरु गरेका छन् । सन् २०११ मा लामो समयदेखि शासन गर्दै आएको कर्णेल मुअमार गद्दाफीलाई अपदस्थ गरी हत्या गरिएपछि लिबिया हिंसा र राजनीतिक अस्थिरतामा फसेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ