चिनियाँ वैज्ञानिकहरुले बनाए मानिसको जस्तै दिमाग भएको बाँदर

चिनियाँ वैज्ञानिकहरुले बनाए मानिसको जस्तै दिमाग भएको बाँदर

monkey

चीन यस्तो बिकशित देश हो जसले बिभिन्न चमत्कार गर्दै आएको छ । चीनले विज्ञान, प्रविधि तथा भौतिक पूर्वाधारको क्षेत्रमा सँसारलाइ नै चकित बनाउने बिभिन्न कार्यहरु गरिरहेको छ ।यसैक्रममा चीनले आश्चर्यजनक प्रयोग गरेर सफलता पनि प्राप्त गरेको छ । चीनले फेरि एउटा आश्चर्यजनक प्रयोग गरेको छ । हालै चिनले मानिसको जस्तो दिमाग भएको बाँदर तयार गरेको दावी गरेको छ ।

मानिसको जस्तो दिमाग भएको बाँदर तयार गरेको भनि चिनियाँ वैज्ञानिकहरुले दावी गरेका हुन् । एघार वटा बाँदरमा एमसीपीएच–१ जीन प्रत्यारोपण गरेर तयार गरिएको चिनियाँ वैज्ञानिकहरुले बताएका छन् । उनीहरुले प्रयोगको दौरान मानिसकोजस्तै बाँदरको दिमाग विकसित हुन पनि धेरै समय लाग्ने बताएका छन् ।

बाँदरहरुको दिमाग मानिसको जस्तै भएको दावी सत्य सावित भए एउटा ठूलो सफलता हासिल हुने चीनले बताएको छ । बाँदरहरुले जङ्गली बाँदरको तुलनामा कुनै पनि कुरामा तुरुन्त प्रतिक्रिया दिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ