बिहान फ्रेश महसुस गर्नका लागि राती मिठो निन्द्रा लाग्न अत्यावश्यक छ । मानिसहरु सुत्नका लागि बेडमा पल्टिएपनि निकै बेरसम्म सुत्ने कसरत गरिरहेका हुन्छन् । यदि तपाईं पनि यहि सूचीमा पर्नुहुन्छ भने यी सजिलो तरिका अपनाएर मज्जाले निदाउन सक्नुहुन्छ ।
नियमित योग गर्नुहोस्ः योग गर्दा शरिरले आराम पाउँछ । साथै यसले तनाव पनि कम गर्दछ जसले तपाईंलाई मिठो निन्द्राको लागि सहयोग पुर्याउँछ ।
राती चिया वा कफी नपिउनुहोस्ः राती चिया वा कफी नपिउनुहोस् । यी दुबै पेय पदार्थमा यस्ता तत्व पाइन्छन् जसले उत्तेजना बढाउँछ र निन्द्रा गायब गरिदिन्छ ।
सुत्ने र उठ्ने समय निश्चित गर्नुहोस्ः सुत्ने र उठ्ने समय निश्चित गर्दा पनि मिठो निन्द्रा लाग्ने गर्दछ । यसका लागि अलार्म लगाएर सुत्नुहोस् ।
अबेरसम्म नउठ्नुहोस्ः धेरै मानिसहरु बेडमा सुतेर फोनमा व्यस्त हुने गर्दछन् जसका कारण उनीहरु राती अबेरसम्म जागा हुने बानी पर्दछ । यदि तपाईं पनि यस्तै गरिरहनु भएको छ भने यो बानी आजैदेखि त्याग्नुहोस् ।
सुत्नुअघि टिभी नहेर्नुहोस्ः धेरै मानिसहरु सुत्नुभन्दा अघि टेलिभिजन हेर्ने गर्दछन् । यस्तो बानीले पनि निन्द्रा बिथोल्ने गर्दछ । सकेसम्म यो बानीलाई छोड्नुहोस् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य