बिहान फ्रेश महसुस गर्नका लागि राती मिठो निन्द्रा लाग्न अत्यावश्यक छ । मानिसहरु सुत्नका लागि बेडमा पल्टिएपनि निकै बेरसम्म सुत्ने कसरत गरिरहेका हुन्छन् । यदि तपाईं पनि यहि सूचीमा पर्नुहुन्छ भने यी सजिलो तरिका अपनाएर मज्जाले निदाउन सक्नुहुन्छ ।
नियमित योग गर्नुहोस्ः योग गर्दा शरिरले आराम पाउँछ । साथै यसले तनाव पनि कम गर्दछ जसले तपाईंलाई मिठो निन्द्राको लागि सहयोग पुर्याउँछ ।
राती चिया वा कफी नपिउनुहोस्ः राती चिया वा कफी नपिउनुहोस् । यी दुबै पेय पदार्थमा यस्ता तत्व पाइन्छन् जसले उत्तेजना बढाउँछ र निन्द्रा गायब गरिदिन्छ ।
सुत्ने र उठ्ने समय निश्चित गर्नुहोस्ः सुत्ने र उठ्ने समय निश्चित गर्दा पनि मिठो निन्द्रा लाग्ने गर्दछ । यसका लागि अलार्म लगाएर सुत्नुहोस् ।
अबेरसम्म नउठ्नुहोस्ः धेरै मानिसहरु बेडमा सुतेर फोनमा व्यस्त हुने गर्दछन् जसका कारण उनीहरु राती अबेरसम्म जागा हुने बानी पर्दछ । यदि तपाईं पनि यस्तै गरिरहनु भएको छ भने यो बानी आजैदेखि त्याग्नुहोस् ।
सुत्नुअघि टिभी नहेर्नुहोस्ः धेरै मानिसहरु सुत्नुभन्दा अघि टेलिभिजन हेर्ने गर्दछन् । यस्तो बानीले पनि निन्द्रा बिथोल्ने गर्दछ । सकेसम्म यो बानीलाई छोड्नुहोस् ।
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा