चिकित्सकलाई सरकारको जवाफ : सेवामा नफर्केसम्म छलफल नगर्ने

चिकित्सकलाई सरकारको जवाफ : सेवामा नफर्केसम्म छलफल नगर्ने

doctor andolan

प्रतिकात्मक चित्र

काठमाडौं – सरकारले आठ दिनदेखि आन्दोलनरत चिकित्सक सेवामा नफर्किएसम्म उनीहरुको मागमा सकारात्मक हुन नसक्ने जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन र छलफलमा आउन आग्रह गरेको छ ।

मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले चिकित्सकको मागप्रति सरकार गम्भीर रहेको तर सेवा सञ्चालन नहुँदसम्म छलफल गर्न नसकिने बताए । ‘चिकित्सक काममा नफर्केसम्म सरकार उनीहरुको मागप्रति सकारात्मक हुँदैन आन्दोलन छाडेर काममा फर्कपछि छलफल गरी समस्यको समाधान गर्न हामी उद्यत छौँ,’ अधिकारी भने । यो समाचार अर्जुन अधिकारीले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ