मतदातालाई सन्यासी उम्मेदवारकाे धम्की : मलाई भोट देऊ, नत्र म तिमीहरुलाई श्राप दिन्छु !

मतदातालाई सन्यासी उम्मेदवारकाे धम्की : मलाई भोट देऊ, नत्र म तिमीहरुलाई श्राप दिन्छु !

india

भारतीय जनता पार्टीका सांसद तथा लोकसभा उम्मेदवार साक्षी महाराजले उत्तर प्रदेशकाे उन्नावमा जनसभालाई सम्बोधन गर्दै फरक शैलीमा भोट मागेका छन् । ‘म सन्यासी हुँ र म भोट माग्न आएको हुँ, यदि मलाई भोट दिनुहुन्न भने तपाइँहरुलाई म मेरो श्राप दिन्छु,’ सधैँ चर्चा र विवादमा रहने उनले भने ।

जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘म सन्यासी हुँ र जब एक सन्यासी कसैको घरमा आउँछ भने ऊ भिक्षा माग्छ, याचना माग्छ । यदि उसको कुरा नमान्दा तपाईँहरुलाई थाहा नै छ, सन्यासी गृहस्थीको पुण्य लिएर जान्छ र आफ्नो पाप दिएर जान्छ, यो शास्त्रमा लेखिएको छ । म सम्पत्ति माग्न आएको होइन, जमिन र हिस्सा माग्न पनि आएको होइन, केही अर्कै वस्तु माग्न आएको हुँ ।’ उन्नावमा चोथौ चरण अर्थात् २८ अप्रिलमा मतदान हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ