काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल युएईसँग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको हो । नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहदा पानी परेपछि खेल रोकिएको थियो ।
त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिदा खेलको निर्णय डिएलबाट गरिएको थियो । डिएलमा युएईले ३० ओभरमा जितका लागि १ सय २२ रनको नयाँ लक्ष्य पाएपछि नेपाल १ रनले पराजित भएको हो । वर्षाले खेल रोकिनु अघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो ।
पराजित भएसंगै छनोटको उपाधि जित्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । २ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेपाललाई हराएर लगातार दोस्रो जित निकालेको युएई ४ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको कुवेतको ४ अंक नै छ । अब नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग सोमबार खेल्नेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु