हास्य कलाकारको स्टेजमै निधन, दर्शकले प्रस्तुतीकै एक हिस्सा सम्झिए

हास्य कलाकारको स्टेजमै निधन, दर्शकले प्रस्तुतीकै एक हिस्सा सम्झिए

images_cms-imag

बिसिस्टर : वेलायतमा एक हास्य व्यंग्य कलाकारको स्टेजमै निधन भएको छ।६० वर्षीय चर्चित हास्यव्यंग्य कलाकार इयान कग्नीटोको बिसिस्टरस्थित एक कार्यक्रममा प्रस्तुती दिइरहँदा बिहिबार निधन भएको हो।
प्रस्तुती दिइरहँदा उनी एक्कासी कुर्सीमा बसेका थिए ।

केही क्षणसम्म नबोलेपछि दर्शकहरु अझ हाँसेका थिए। दर्शकले उनी प्रस्तुती नै दिइरहेको सम्झिरहेका थिए।तर पाँच मिनेटसम्म उनी चुपचाप रहेपछि भने उनको शरीरबाट स्वासप्रस्वास बन्द भएको आयोजकले थाहा पाएका थिए।
वेलायतमा कंग्नीटो चर्चित हास्यव्यंग्य कलाकारको रुपमा चिनिन्छन्। सन् १९५८ मा लन्डनमा जन्मिएका उनको वास्तविक नाम भने पल बारबेरी हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ