मकर राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

मकर राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

Makar 2076

मकर राशि (भो.ज.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.ग.गी.)

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

यो वर्ष आषाढ ८ सम्म बाह्रौ वक्री गुरु शनि रहने हुँदा अनावश्यक विवाद र अनावश्यक खर्चलाई धान्नै मुस्किल पर्नेछ । महत्वपूर्ण काम आषाढ ९ पछि र कार्तिक १२ भित्र मात्र गर्नु उपयुक्त रहनेछ । कार्तिक १३ पछिको समय निकै प्रतिकूल रहनेछ । प्रेमको सम्वन्ध विनाकारण विग्रन गई मनमा पीडा खपि नसक्नु हुनेछ । पति–पत्नीबीचको सम्वन्ध कमजोर हुनुको साथै परिवारिक आलोचना पनि सामना गर्न मुस्किल पर्नेछ । सानो भूलको परिणाम ठूलो बनेर निस्कनेछ । पुराना समस्यालाई कोट्याएर अप्ठ्यारोमा पार्ने काम शत्रुले गर्नेछन् ।

आर्थिक कठिनाइले प्रतिष्ठामा समेत धक्का पुग्न सक्छ । नोकरीमा विनाकारण दोषी भइ पदमुक्त हुने सम्भावना रहनेछ । राजनीतिमा पुराना कुरालाई उल्टाएर फसाउने काममा शत्रु निकै सक्रिय हुनेछन् । अलिकति मात्र पनि वेहोस गरिएमा झुटा आरोप लगाएर मुद्दा मामलामा फसाउने सम्भावना रहनेछ । विश्वास गरेकाले समेत आवश्यक परेको समयमा धोका दिने भएकोले आफूलाई सम्हाल्न मुस्किल पर्नेछ । कार्तिक १३ पछि पनि ग्रह यस्तै प्रतिकूल रहनेछन् ।

[bs-quote quote=”वैशाख,भाद्र पौष र फाल्गुन महिना अशुभ र आषाढ, कार्तिक, मार्ग र चैत्र शुभ अरु मध्यम रहनेछन् ।” style=”style-21″ align=”left”][/bs-quote]

साढेसाती को प्रभाव वर्ष भरिनै रहनेछ । हड्डी र नसा कमजोर भई शरीर सिथिल हुने र मन समेत विचलित हुने हुँदा सक्दो आराम गर्ने प्रयास गर्नुहोला । आषाढ ९ बाट कार्तिक १२ सम्म गुरुले लाभ भावमा गोचर गर्ने हुँदा व्यापार तथा वैदेशिक कार्यमा अपेक्षित सुधार आउने र अवस्था सकारात्मक हुनेछ । आर्थिक उन्नतिमा अप्रत्यासित प्रगति हुन गई मनस्थितिलाई प्रशस्त उर्जा प्रदान गर्नेछ । रोकिएका कामहरू क्रमशः बन्न थाल्नेछन ।

नयाँ कामका प्रस्तावहरूपनि आउनेछन् । कमजोर शरीरमा उत्साह पैदा हुनेछ । मित्रहरूले यथार्थ बुझेर आत्मालोचना र क्षायाचनाका गर्दै साथ सहयोगको तत्परता पनि देखाउनेछन् । पढाइमा सुधार आउनुको साथै बौद्धिक कार्यमा तीव्रताका साथ अघि बढ्ने अवसर मिल्नेछ । सन्तानहरूबाट उचित सहयोग मिल्नेछ । पति–पत्नीबीच बिग्रिएको सम्बन्ध राम्रो बन्नेछ । प्रेमको मार्गमा आएको अवरोध हटेर जानेछ ।

नोकरीमा आएको समस्यालाई सजिलै हटाउन सकिनेछ । राजनीतिमा आउने समस्यालाई कूटनैति सहयोगमा आफ्नो प्रयासले सुल्झाउन सकिनेछ ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

मकर राशिको लागि यो वर्षको मध्यसम्म केही पक्षमा अनुकूल देखिएको छ । र पनि विशेष सावधानी अप्नाउनु पर्ने अवस्थालाई पनि गोचरस्थितिले लक्षित गरिरहेको छ । व्यापार व्यवसाय, उद्यम, उत्पादन, कृषि आदिबाट लाभ गर्न सकिने छ । शिक्षा, रोजगार, देशविदेशको यात्रा आदिमा पनि सफलता प्राप्त गर्न सकिने छ । घरपरिवारमा विवाह व्रतबन्धादि माङ्गलिक कार्यको सु–अवरस मिल्नेछ । दाम्पत्य एवं प्रेम सम्बन्धमा सुधार आउने छ ।

एकातर्फ आसक्ति र अर्कोतर्फको उपलब्धि हुनसक्नेछ । विनामेहनतको आम्दानितर्फ चेष्टा बढ्नसक्ने सम्भावना समेत देखिएकोले सोबाट बचेको बुद्धिमानी हुनेछ अन्यथा पछि पश्चाताप पर्नसक्ने छ । जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि उथलपुथलजन्य स्थितिलाई गोचरले संकेत गरेको छ । मिथ्या अपवाद, चारित्रिक एवम् नैतिक आँच, अनपेक्षित मुद्धामामिला–वादविवाद, अन्यौलता, कपटप्रेमको फन्दा, धन–जन तथा भौतिक सम्पत्तिको क्षतिखति, चोरीहुने हराउने, दैविक विपत्ति, कूल–परिवारमा रोग, घाऊखटिरा–चोटपटक, वायु विकार–उदररोग, स्नायू आदि साध्यासाध्य स्वास्थ्य समस्याको सम्भावनालाई खगोलीय ग्रहस्थितिले संकेत गरेका छन् । भाद्र पछिका दिनमा अझै सावधानी अप्नाउनु पर्ने देखिन्छ ।

तर जन्म समयमा शनि आदि ग्रह अनुकूल अर्थात कारक रहनेको लागि भने प्रतिकूल फल कम घटित भइ आकस्मिक लाभ एवं राजमान तथा अधिकार पनि प्राप्ति हुनसक्ने छ । हनुमानवीर, शनिमहाकाल र भैरवदेवको स्तुति आराधना उपाशना गर्नु शान्तिप्रद हुनेछ । दीनदुःखी, गरीब, अनाथ, असाय एवं श्रमिक वर्गलाई सहयोग हुने काम गर्नु जसबाट ग्रहजनित दुष्प्रभाव कम हुनेछ ।

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ