काठमाडौं । सन् २००१ मा अमेरिकाको ट्विन टावर हमला सहित थुप्रै आतङ्कवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनलाई मार्ने अमेरिकी नेवी सील टीममा सहभागी बेल्जियन मालिनोस प्रजातिको कुकुरलाई मध्यप्रदेश प्रहरीले डग स्क्वायडमा सहभागी गराइएको छ ।
मालिनोस जातिको कुकुरलाई अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसको सुरक्षामा खटाइदै आइएको छ । मध्यप्रदेश प्रहरीले २ बेल्जियन मलिनोसआफ्नो डग स्क्वायडमा समावेश गरेको छ । मध्यप्रदेश प्रहरीका एक अधिकारीले भने, ‘यस जातिको कुकुरको सूंघने र हमला गर्ने क्षमता अन्य प्रजातिको कुकुरमा भन्दा ज्यादा हुन्छ ।’
यी कुकुरलाई नौ महिना प्रशिक्षण दिइनेछ । जसको खर्च एक लाख भारतीय रुपैयाँ प्रति कुकुर हुनेछ । सो खर्चमा उनको लागि आहार र अन्य सुविधाहरु हुनेछन् । विश्वका कयौ प्रहरी बल पनि यस जातिको कुकुरको प्रयोग आफ्नो डग स्क्वायडमा गरिरहन्छन् ।
मध्यप्रदेशमा यसभन्दा पहिले यस जातिको कुकुर वन्यजीव संरक्षण र अवैध शिकार विरोधी अभियानको लागि गरिएको थियो। बेल्जियन मालिनोसको ऊंचाई २४ देखि २५ इन्च हुन्छ । यसको वजन १८ किलोग्रामदेखि २७ किलोग्रामसम्म हुनसक्छ । यसको औसत आयु १४ देखि१६ बर्ष हुन्छ ।
सम्बन्धित खबर
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु