काठमाडौं – इन्डोनेसियामा विवाहेतर सम्बन्ध राखेको आरोपमा एक महिलालाई सार्वजनिक स्थानमा बेतले हिर्काएर सजाय दिइएको छ । उनलाई सजाय दिइँदा भेला भएका मानिसहरूले रमाएर फोटो खिचेका थिए । तर्सिएकी महिला मञ्चमा घुँडा टेकेर बसेकी थिइन् भने एक अधिकारीले उनलाई दण्ड दिनका लागि लट्ठी उज्याएका थिए ।
शरिया कानूनअन्तर्गत उनलाई सजाय दिइएको हो । सजाय दिने अधिकारीलाई अल्गोजो भनी चिनिन्छ र उनले मुखौटा र चोगा लगाएर अनुहार तथा शरीर पूरै छोपेका थिए । बन्दा आचेह शहरमा यो सजाय दिइएको हो ।
महिलाले टाउको झुकाएर बसिरहेको बेलामा अन्य दुई महिलाले पनि सजाय कुरिरहेका थिए । उनीहरूमाथि पनि विवाहेतर सम्बन्ध राखेको आरोप छ । मञ्च नजिक रहेका धेरै दर्शकहरूले मोबाइल फोन उठाएर तस्वीर तथा भिडियो खिचेका थिए ।
सुमात्रा टापुमा रहेको बन्दा आचेहमा जुवातास खेलेको, रक्सी पिएको र समलिंगी सम्बन्ध राखेको पाइएमा लट्ठीले हिर्काउने सजाय दिइन्छ । आचेहलाई सन् २००१ मा विशेष स्वायत्तता दिइएपछि शरिया कानून लागू गरिएको थियो ।
एजेन्सी
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत