प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्रीले हस्तान्तरण गरेको प्रमाणपत्र नै नक्कली

प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्रीले हस्तान्तरण गरेको प्रमाणपत्र नै नक्कली

kp oli

file photo

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत प्राप्त सो प्रमाणपत्रमा के लेखिएको छ भनेर हस्तान्तरण गर्नेहरुले ध्यान दिएको पाइएन । उनीहरुले हस्तान्तरण गरेको प्रमाणपत्र नक्कली थियो । यो समाचार आजको नागरिक दैनिकमा विकेनकुमार दवाडीले लेखेका छन् ।

प्रमाणपत्रमा सन्तोष शुक्ला नाम गरेका व्यक्तिले उक्त विश्व रेकर्डलाई प्रमाणीकरण गरेका छन् । उनलाई भारतको सर्वोच्च अदालतले वकिल भनेर उल्लेख गरिएको छ । तर गुगलमा उनका बारेमा सर्च गर्दा उनको संलग्नता वल्र्ड बुक अफ रेकर्डको प्रमाणीकरणमा मात्र देख्न सकिन्छ । उनको नाम सर्वोच्च अदालतको वकिलको सूचिमा पनि छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला। धन्यवाद।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ