प्रधानमन्त्रीले आकाशबाटै सिक्टा निरीक्षण गरेपछि बेवास्था गरेको स्थानीयको गुनासो

प्रधानमन्त्रीले आकाशबाटै सिक्टा निरीक्षण गरेपछि बेवास्था गरेको स्थानीयको गुनासो

sikta-bhash

बाँके – सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त पश्चिम मुल नहर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष अवलोकन गर्ने सुनेपछि शमशेरगन्जका स्थानीय निकै उत्साहित देखिन्थे ।

प्रधानमन्त्रीले राष्ट्रिय गौरवको आयोजना सिक्टाको दुरवस्था आफ्नै आँखाले देखेपछि त्यसको प्रभाव बेग्लै हुने आशा स्थानीयको थियो । यो समाचार आजको नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।

प्रधानमन्त्रीका सुरक्षाका लागि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सिक्टा नहर क्षेत्रमा तैनाथ थिए । प्रधानमन्त्री आकाशबाटै नेपालगन्ज फर्केपछि शमशेरगन्जमा उपस्थित स्थानीय बासिन्दा र सुरक्षाकर्मी अक्कमक्क परे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ