विपेन्द्र बतासलाई पक्रन बाटो खुल्यो, अदालतलाई गुहारेकोमा दिएन आदेश

विपेन्द्र बतासलाई पक्रन बाटो खुल्यो, अदालतलाई गुहारेकोमा दिएन आदेश

High-Court-uchcha adalat Pokhara

पोखरा : ठगी गरेको उजुरीमा पक्राउ पुर्जी जारी भएका व्यवसायी वीपेन्द्र (विपिन) बतासले आफूलाई गिरफ्तार नगर्न माग राख्दै उच्च अदालतमा वारेसमार्फत रिट हालेकोकोमा अदालतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । रिटमा माग भए बमोजिम अन्तरिम आदेश भने अदालतले जारी गरेन ।

पोखरा लेकसाइडका जनकराज पहारी र दालप्रसाद श्रेष्ठ (मनोज) दरा विपिनले ४ करोड ३३ लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएकोमा प्रहरीले वैशाख २ गते दर्ता गरेपछि ३ गते पक्राउ पूर्जी जारी गरेको थियो । पूर्जी जारी हुनासाथ उनले उच्च अदालतमा परमादेश सहितको आदेश माग गर्दै रिट दर्ता गराएका थिए ।

बतासको तर्फबाट अधिवक्ताद्वय मुकुन्दराज अर्याल र कमल अर्यालको बहसपछि उच्च अदालत पोखराका न्यायाधीश सुवास पौडेलको एकल इजलासले विपक्षी कास्की प्रहरीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । आगामी बैशाख १२ गते छलफल गर्न प्रहरी र विपिनलाई उपस्थित हुन भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ