जिएमसी ठगी प्रकरणः पक्राउ कर्मचारी धमाधम धरौटी बुझाउँदै छुट्दै, ७ जना छुटे, ४ जना फरार

जिएमसी ठगी प्रकरणः पक्राउ कर्मचारी धमाधम धरौटी बुझाउँदै छुट्दै, ७ जना छुटे, ४ जना फरार

gmc

पोखरा : ठगी मुद्धा खेपेका गण्डकी मेडिकल कलेज (जिएमसी) का ११ जना कर्मचारीहरु मध्य ७ जनाले धमाधम अदालतलाई धरौटी रकम बुझाउँदै छुटेका छन् । कर्मचारीहरुको मिलेमहत्तोमा बिद्यार्थीहरुसँग लाखौँ रुपैयाँ ठगी गरेको आरोप खेपेका कर्मचारीहरु मध्य ७ जनाले जनही १७ लाख रुपैँया धरौटी बुझाएर छुटेका  हुन् ।
हालसम्म ठगि मुद्धा खेपेका ७ जना कर्मचारीहरु मध्य तीलक पौडेल, कृष्ण घिमिरे, दिनेशप्रसाद पौडेल, युवराज शर्मा, कृष्णप्रसाद पौडेल, सन्तोष खनाल र लक्ष्मण शर्माले कास्की अदालतमा जनही १७ लाख रुपैँया घरौटी बुझाएर रिहा भईसकेका छन् ।

‘प्रहरी छल्दै सिधै अदालतमा बयान दिन पुग्छन् अभियुक्त’

ठगी मुद्धा खेपेका गण्डकी मेडिकल कलेज (जिएमसी) का कर्मचारीहरु प्रहरीलाई छल्दै सिधै अदालतमा गएर बयान दिने गरेको पाइएको छ । गत फागुन २२ गते पक्राउ परेका अभियुक्त लक्ष्मण र सन्तोषसँग अदालतले जनही १७ लाख रुपैँया धरौटी रकम लिएर रिहा गरेपछि अन्य अभियुक्त पनि प्रहरी छलेर सिधै अदालत गएर बयान दिने गरेका हुन् ।

‘कलेजको ठगि मुद्धा लागेकाहरु प्रहरी छल्दै सिधैँ अदालत आउने गर्छन्’ गोप्य स्रातले भने, ‘आदालत आई पुग्नसाथ बयान लिने वातावरण हुनसक्ने वा नसक्ने बुझ्छन् । मिल्ने भए बषन दिन्छन् नत्र फर्की हाल्छन् । सबै आरोपितहरु पालैपालो निवेदन सहित अदालत आउँछन् ।’ प्रहरीले पक्राउ गरे थुनामा बस्नुपर्ने भएकाले उनीहरु सेटिङ मिलाएर सिधैँ अदालत पगेर बयान दिने गरेको उनले बताए ।

‘अध्यक्ष श्रेष्ठसहित अभै ४ जना फरार’
सरकारबाट तोकिएको भन्दा बढि शुल्क लिएर बिद्यार्थीलाई ठगि गरेको आरोपमा ठगी मुद्धा लागेका मेडिकल कलेजका ११ जना कर्मचारी मध्य ७ जना धरौटीमा रिहा भएपनि अझै ४ जना फरार नै छन् । फरार हुने कर्मचारीहरु मध्य कलेजका अध्यक्ष खुमाप्रसाद अर्याल, प्रिन्सिपल प्राडा। रबिन्द्रप्रसाद श्रेष्ठ, कर्मचारी हरिमाया ढुंगाना, विश्वराज घिमिरे हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ