यातायात सिन्डिकेट अन्त्य घोषणाको एक वर्ष : साढे ३ लाख सार्वजनिक सवारी, साढे ७ हजार मात्र कम्पनीमा दर्ता

यातायात सिन्डिकेट अन्त्य घोषणाको एक वर्ष : साढे ३ लाख सार्वजनिक सवारी, साढे ७ हजार मात्र कम्पनीमा दर्ता

sindiket-gadi

सिण्डीकेट/प्रतिक्रियात्मक चित्र

काठमाडौं–सरकारले यातायात सिन्डिकेट अन्त्यको घोषणा गरेको बुधबार एक वर्ष पूरा भएको छ । तर, देशभर साढे तीन लाख सवारीसाधन सञ्चालन रहेकोमा साढे सात हजार मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको नयाँ पत्रिकामा खबर छ ।

यातायात समिति खडा गरेर सिन्डिकेट लाद्दै राज्यलाई करसमेत नतिरी सञ्चालन भएका सवारीसाधन नियमनका लागि सरकारले कम्पनी अन्तर्गत दर्ता गर्न ०७५ असार मसान्तसम्मको समय दिएको थियो । त्यसयता तीनपटक म्याद थप्दासमेत तीन लाखमध्ये सात हजार ६ सय ६५ गाडाी मात्रै कम्पनीमा दर्ता गरिएका छन् । यो कुल सवारीसाधनको दुई दलमलव १८ प्रतिशतमात्र हो । अब तेस्रो पटक थपिएको म्यादसमेत सकिन ४४ दिन मात्र बाँकी छ ।

यातायात व्यवसायीलाई थपिएको म्याद यो अन्तिम पटक भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका छन् । उनले अन्तिम पटक म्याद थपेको भन्दै १८ जेठभित्र दर्ता नभए रुट नै खारेज गर्ने चेतावनी दिएका छन् । त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने अब क्षतिपूर्ति र उपचारको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ