भाषण गर्दा गर्दै कांग्रेसका युवा नेता हार्दिकमाथि थप्पड प्रहार (भिडियो)

भाषण गर्दा गर्दै कांग्रेसका युवा नेता हार्दिकमाथि थप्पड प्रहार (भिडियो)

hardik-patel-

एजेन्सी। भारतीय कांग्रेसका युवा नेता हार्दिक पटेलमाथि थप्पड प्रहार भएको छ। गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’का क्रममा एक व्यक्तिले पटेलमाथि थप्पड प्रहार गरेका हुन् । ती व्यक्ति दायाँतर्फबाट मञ्चमा उक्लिएर भाषण गरिरहेका पटेललाई थप्पड हानेका थिए। थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ।

थप्पड प्रहार गर्ने व्यक्तिलाई पटेलका सर्मथकहरुले कुटपिट गरेका छन्। लगत्तै प्रहरीले उनलाई उद्धार गरेको थियो। हाल उनको उपचार भइरहेको छ। पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समयमा कांग्रेसमा संलग्न रहेका छन्। लोकसभा निर्वाचनको प्रचारका क्रममा भाषण गरिरहेको अवस्थामा उनीमाथि आक्रमण भएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ