उठ्यो बारपाक, ८५ प्रतिशत घर बनिसके, भूमिहीनले बनाउन सकेनन्

उठ्यो बारपाक, ८५ प्रतिशत घर बनिसके, भूमिहीनले बनाउन सकेनन्

barpark

file photo

काठमाडौं–चार वर्षअघिको शक्तिशाली भूकम्पको केन्द्रविन्दु बारपाकमा निजी आवास पुनर्निर्माण ८५ प्रतिशत सकिएको छ । यहाँका सबै घरमा क्षति पुगेको थियो । धार्चे गाउँपालिका ६, काशीगाउँका मानबहादुर गुरुङले ३ लाख सरकारी अनुदान र १ लाख रुपैयाँ ऋण लिएर भूकम्प प्रतिरोधी घर बनाएको कान्तिपुरमा खबर छ ।

त्यस्तै लाभग्राहीको सूचीमा नाम भए पनि जग्गाको अभावमा यहाँका १ सय ८० पीडितले घर निर्माण शुरु गरेका छैनन् । पालुङटार नगरपालिकाका ७४, गोरखा नगरपालिकाका ४४, सिरानचोकका ११ र आरुघाटका ६ भूमिहीन पीडितको तथ्यांक प्राप्त भएको पत्रिकामा खबर छ ।

त्यस्तै शिक्षक नियुक्ति केन्द्रबाटै शीर्षकको समाचारमा शिक्षा मन्त्रालयले स्थानीय सरकारको अधिकार हस्तक्षेप गर्दै करारमा शिक्षक नियुक्ति गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई सर्कुलर गरेको    छ । त्यस्तै चिसो खोज्दै भमरा हिँड्न थालेको, भारतीय प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप लागेको, विप्लव समूहका तीन जना पक्राउ परेको खबरलाई प्राथमिकताका साथ छापेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds