श्रीलंका बम आक्रमण : मृत्यु हुनेको संख्या १३७ पुग्यो

श्रीलंका बम आक्रमण : मृत्यु हुनेको संख्या १३७ पुग्यो

Srilanka_attack

काठमाडौं– श्रीलंकाको राजधानी कोलम्बोस्थित केही गिर्जाधर (चर्च) र होटलमा भएको आक्रमणमा परि मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । इस्टर पर्वको प्रार्थनाका लागि भेला भएकालाई लक्षित गरी चर्चामा आक्रमण गरिएको थियो । आक्रमणकारीहरुले २ वटा होटल र अन्य १ ठाउँमा गरी ६ ठाउँमा श्रृङखलाबद्ध बम विस्फोट गराएका थिए ।

आक्रमणकारीले कोलम्बोसहित बट्टिकोला, नेगङ्बो लगायत ठाउँमा पनि आक्रमण गरेका थिए । बीबीसीका अनुसार कोलम्बोमा मात्रै मृत्यु हुनेको संख्या ४७ पुगेको छ । यस्तै बट्टिकोलमा ५० जनाको ज्यान गएको हुनसक्ने जनाइएको छ । प्रहरीले भने अहिलेसम्म २५ जनाको शव प्राप्त भएको जनाएको छ ।

बम धमाकामा करिब ४ सय ४० जना व्यक्ति घाइते भएका जनाइएको छ । मृत्यु हुनेमध्ये ९ जना विदेश रहेका जनाइएको छ । इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा श्रंखलावद्ध विस्फोट गराइएको जनाइएको छ । हरेक वर्षको अप्रिल महिनामा पूर्णिमा पछिको पहिलो आइतबारको दिन इस्टर पर्व मनाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ