यस्तो बन्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विदेशी जहाज इमर्जेन्सी ल्याण्ड गर्न सकिने (फोटो/भिडियो)

यस्तो बन्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विदेशी जहाज इमर्जेन्सी ल्याण्ड गर्न सकिने (फोटो/भिडियो)

Pokhara Airport (1)

पोखरा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ । आयोजनाको निर्माण सुरु भएको डेढ वर्षमै निर्माणको मुख्य पार्टको रुपमा रहेको रनवे पूरा भएको हो।

https://www.facebook.com/gandaknews/videos/328516731199751/

अहिले एप्रोन (बिमान पार्किङ्ग गर्ने स्थान) निर्माणको काम सकिएको छ । बिमानस्थलका रनवेको सवै निर्माण सम्पन्न भइसकेको छ। ट्याक्सी वे र नाला निर्माण लगायतका कामहरु समेत अन्तिम चरणमा पुगेका छन्। मुख्य टर्मिनल भवनको काम दुई तिहाई सकिएको छ । अन्य भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

रनवे, टर्मिनल बिल्डिङ, हेंगर बिल्डिङ, कार्गो, एटिसीलगायत अन्य सहायक गरी विभिन्न एकदर्जन जति भवन निर्माणको काम चलिरहेको हो । ति मध्ये ७, ८ वटा भवनको निर्माण सकिएको छ। हेंगरको ढलान कार्य सकिएर स्टिल स्ट्रक्चरको काम समेत सकिएको छ ।

विमानस्थलको रनवे पूरा भएसंगै निर्माणको करिव ३५ प्रतिशत भन्दा बढि काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाले जानकारी दिएको छ । पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल परियोजनाका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेललका अनुसार विमानस्थलको मुख्य कार्यकारुपमा रहेको रनवेको काम सकिएको हो ।

२ हजार ५ सय मिटरको यस विमानस्थलको रनवे नेपालकै नयाँ र नमुना योग्य प्रयोग गरिएको छ। अन्य विमानस्थलमा पिच गर्ने गरिएको भएपनि पनि यहाँ पहिलो पटक रनवे ढलान गरिएको हो । यो रन वेमा ३० वर्षसम्मको वारेन्टी रहेको छ । सरकारकाले बिमानस्थल उद्धाटन गरेदेखि नै तोकिएको अवधि भन्दा ६ महिना अगाडी नै तयार गर्न निर्माण कम्पनीलाई आग्रह गर्दे आएको छ।

अहिले चिनियाँ २ सय जना र नेपाली २ सय ५० जना गरि ४ सय ५० जनाले नियमीत रुपमा कामदार खटिएका छन् । चिनियाँ कम्पनी सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने शर्त छ ।सम्झौताअनुसार कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । तर सन् २०२०को डिसेम्बरभित्रै पोखरा विमानस्थल सञ्चालनमा ल्याइने गरी कार्य भैरहेको पौडेलले बताए।

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिनाब्यायाजको ऋणमा विमानस्थल निर्माण भइरहेको छ ।चिनियाँ एक्जिम बैंकको झन्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तर्रा्िष्ट्रय विमानस्थल झन्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ ।

अन्तर्रा्िष्ट्रय नागरिक उड्डयन संस्था (आइकाओ) को मामदण्डअनुसार फोर ‘डी’ मोडलमा निर्माण गरिएको विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन् । विमानस्थलको धावनमार्गको लम्वाई २५ सय मिटर र रन वेको चौडाइ ४५ मिटरको रहेको छ। विमानस्थलका लागि सरकारले ०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।

तस्विरः शान्तबहादुर लामिछानेको फेसबुक लगायतबाट

http://gandaknews.com/pkr-airport/

https://www.facebook.com/gandaknews/videos/768872076638380/

http://gandaknews.com/terminal-building/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ