संकटकाल घोषणा गर्दै श्रीलंका, विस्फोटमा विदेशीको हात रहेको दाबी

संकटकाल घोषणा गर्दै श्रीलंका, विस्फोटमा विदेशीको हात रहेको दाबी

BM-Bayern-

काठमाडौँ- श्रीलंकाले आइतबार भएका शृङ्खलाबद्ध विस्फोटनमा अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा भएको दाबी गरेको छ । सरकारका प्रवक्ता रजित सेनारत्नेले विदेशीको सहयोग बिना हमला नभएको दाबी गरेका हुन्।

‘हामीलाई लाग्दैन कि यो देशमा सीमित एउटा समूहका मानिसहरूले मात्रै हमला गराएका हुन्,’ उनको भनाइ छ, ‘एउटा अन्तर्राष्ट्रिय समूह छ जसको सहयोग विना ती हमलाहरू गराउन सम्भव थिएन।’

यसअघि श्रीलङ्काली सरकारले स्थानीय मुस्लिम समूह नेसनल तौहिद जमात(एनटीजे)को हात रहेको  बताएको थियो । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हमलाकारीहरूको अन्तर्राष्ट्रिय सम्बन्धबारे पत्ता लगाउने कार्यमा सघाउन विदेशी सहयोगका लागि अपील गर्नेछन्।

देशभरि संकटकाल घोषणा गर्दै
यसैबीच श्रीलंकाले देशभरि संकटकाल घोषणा गर्ने भएको छ। यो सोमबार मध्यरातदेखि लागू हुने छ। यसअघि आइतबार भएका विस्फोटका घटनामा २९० जनाको मृत्यु र ५०० घाइते भएपछि श्रीलंकाली सरकारले देशभर कर्फ्यु घोषणा गरेको थियो ।  गलत सूचना प्रवाह हुनबाट रोक्ने भन्दै फेसबुक, वाट्सएप लगायतका समाजिक संजाल समेत सरकारले बन्द गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ