नेपालकै महिलाले जन्माइन् एकै पटक ४ सन्तान, ४ बच्चाको तौल जम्मा एक किलो

नेपालकै महिलाले जन्माइन् एकै पटक ४ सन्तान, ४ बच्चाको तौल जम्मा एक किलो

4-baby-

वीरगंज । वीरगंजमा महिना नपुग्दै एक महिलाले चार बच्चा सन्तान जन्माएकी छिन् । नजमा खातुनले एकै पटकमा चार वटा सन्तान जन्माएकी वीरगंज हेल्थ केयर अस्पतालले जनाएको छ । छिपमहरमाई गाँउपालिका वडा नम्बर ४ जयमंगलापुर निवासी सलीम गदीकी श्रीमती नजमा खातुनले एक छोरा र तीन छोरी नर्मल डिलेभरी मार्फत जन्माएकी हुन् ।

सात महिनाको गर्भवती अवस्थामा नै खातुनले चार सन्तानकी जन्माएकी हुन् । मंगलबार विहना वीरगंज हेल्थ केयर अस्पतालमा भर्ना भएकी खातुनले पहिलो गर्भमै चारवटा सन्तान जन्माएको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार जन्मीएका बच्चाहरुको स्वास्थ अवस्था राम्रो नरहेको कारण एनआईसियू रखी उपचार भईरहेको छ ।

खातुनको स्वास्थ्य अवस्था समान्य रहेको छ । भने उनको चार वटा सन्तानको तौल एक किलो भन्दा कमरहेको कारण उपचार भइरहेको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ ।

news source : news24nepal.tv

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ