सर्लाही – उखु खरिद गरेको पैसा भुक्तानी नगरी सर्लाहीका चिनी मिल यो सिजनका लागि बन्द भएका छन् । मिल बन्द भएपछि जिल्लाको दक्षिणी भेगका किसान निराश छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
स्थानीय अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम वैशाख ३ गते र महालक्ष्मी चिनी उद्योग बगदह वैशाख ६ गते यो वर्षको उखु पेलि सकेर बन्द भएका हुन् । अन्नपूर्णले नौ लाख सात हजार ६९२ क्विन्टल र महालक्ष्मीले ११ लाख २७ हजार ३९५ क्विन्टल उखु पेलेका छन् । यी दुवै उद्योगले यस वर्ष किसानलाई एक रुपियाँ पनि भुक्तानी गरेका छैनन् ।
क्रसिङ सिजन बन्द गर्ने अन्तिम सूचना निकालेको उत्तरी भेगको पूर्व–पश्चिम राजमार्ग्स्थित इन्दुशङ्कर चिनी उद्योग हरिवनले हालसम्म ३४ लाख ७० हजार क्विन्टल उखु पेलेको छ । यो उद्योग पनि दुई–चार दिन सञ्चालन गरेर बन्द गर्ने तयारी छ ।
माघ पहिलो सातादेखि उखु पेल्न सुरु गरेको इन्दुशङ्करले किसानलाई माघभरको झण्डै ४५ करोड आठ लाख रुपियाँ भुक्तानी गरेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत