काठमाडौं – क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँगै लाखौं डलर असुल्ने र थाई श्रीमतीका खातामा राख्ने ।
आठ वर्षयता बैंककमा बसेर मानव तस्करीको जालो थाप्दै सयौंसँग करोडौं रुपैयाँ ठगी गर्ने पर्शुराम गुरुङ अन्ततः थाई प्रहरीको फन्दामा परेका छन् । गुरुङविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा मात्रै ३४ पीडितले निवेदन दर्ता गराएका छन् । ठगीमा परेर लाखौं रुपैयाँ गुमाएका दुई दर्जनभन्दा धेरै पीडित सम्पर्कमा आएका छन् ।
उजुरी गर्नेहरूले ५ करोड रुपैयाँभन्दा धेरै गुमाएको बताएका छन् । गुरुङको ठगीधन्दा नजिकबाट नियालिरहेका सीआईबीका एक अनुसन्धान अधिकारीका अनुसार उनले दुई सय जनाभन्दा धेरैबाट ५ करोडभन्दा बढी ठगेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
गुरुङविरुद्ध सीआईबीमा २०७२ सालदेखि नै उजुरी पर्न थालेको देखिन्छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंमा पनि दर्जनौं पीडितले निवेदन दिएका छन् । याे समाचार जनकराज सापकाेटाले कान्तिपुरमा लेखेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ