काठमाडौं। नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड कर्नर नोटीस जारी गरेको छ ।गौतम ‘हिम्मतवाली’ फिल्मका नायक हुन् ।
नेपाल प्रहरीकाे पटक पटकको आग्रहपछि इन्टरपोलले बिहीबार नोटिस जारी गरेको हो । आठ महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम अब जुनसुकै देशमा पक्राउ पर्न सक्नेछन् । उनी हाल क्यानडा बस्दै आएका छन् ।
अमेरिकाको सपना देखाएर तीन युवतीलाई गौतमले २ वर्षअघि हाइटी पुर्याएका थिए । हाइटीबाट सामान्य पानी जहाजमा अमेरिका भनि पठाइएका युवतीमध्ये भक्तपुरकी सुमित्रा कुँवरको समुन्द्रमै मृत्यु भएपछि रहस्य बाहिर आएको थियो ।
बाँचेका दुई जना स्वदेश फर्किएपछि उनीहरुकै उजुरीको आधारमा प्रहरीले अनुसन्धान सुरु गर्दा गौतमको मुख्य संलग्नता रहेको खुलासा भएको थियो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो