सामाजिक सञ्जालमा फुटबल रेफ्री र अफिसियलकाे बेइज्जत गरेपछि पेरिस सेन्ट जर्मेनका स्टार स्ट्राइकर नेयमारलाई च्याम्पियन्स लिगमा तीन खेलको प्रतिबन्ध लगाइएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको अन्तिम १६ को खेलमा ब्राजिलियन रेफ्री दामीर स्कोमिनाले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायताले दिएको अन्तिम समयको पेनाल्टीमा नेयमारले इन्स्टाग्राममा भद्दा कमेन्ट गरेपछि यूईएफएले तीन खेलको प्रतिबन्ध लगाएको हो ।
त्बेयसला उनी पैतालाको शल्यक्रियाबाट निको हुँदै थिए र मैदानबाहिर बसेर खेल हेरिरहेका थिए । जुन खेलमा युनाइटेडले दुई-शून्यले पछि परेको अवस्थामा ऐतिहासिक कमब्याक गरेको थियो ।
उनले अब अर्को सिजनको समूह चरणका सुरुवाति तीन खेल गुमाउने भएका छन । उनले सामाजिक सञ्जालमा मार्कुस रासफोर्डले पेनाल्टीबाट गरेको गोल, गोल नै होइन भनेर भनेका थिए ।
२७ वर्षे नेयमारले यसका साथै आफ्नो सामाजिक सञ्जालमा चार व्यक्ति जसलाई फुटबलको बारेमा केही थाहा छैन, टेलिभिजनमा स्लोमोसन रिप्ले हेरेर डिसिजन गर्छन् भन्दै लेखेका थिए ।
विश्वकै महंगो खेलाडी बन्दै बार्सिलोनाबाट पीएसजी गएका नेयमार तीन महिनापछि आइतबार मोनाकोविरुद्धको खेलमा कमब्याक गरेका थिए । त्यस खेलमा पीएसजीले खेल जित्दै उपाधि पनि जितेको थियो ।
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा