सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधबार दुई जना सुत्केरी महिलाको उद्धार गरेको छ । हुम्लाको चंखेली गाउँपालिका र अदानचुली गाउँपालिका १ बाट सुत्केरी महिलालाई उद्धार गरेको हो । चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत अनमी दाङकी निशा नेपाली र अदानचुली गाउँपालिका–१, की राजकला महतारालाई सामाजिक विकास मन्त्रालयले उद्धार गरेको हो ।
गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएकोले उनलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा र्पुयाइएको हो । अहिले उनको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । राजकला महताराका दुई छोरा एक छोरी छन् । उनलाई हिजो साँझ सुत्केरी व्यथा लागेको थियो ।
तर उनको ’सालनाल’ पहिले खसेका कारण उनले बच्चा जन्माउन सकिनन् । त्यो खबर सामाजिक विकास मन्त्री दल रावलकहाँ आइपुग्यो । तत्काल उनले आफू गएर हेलिकप्टर मार्फत उद्धार गर्न लगाए । अहिले उनको उपचार पनि प्रदेश अस्पतालमा भइरहेको छ ।
‘सरकार ! मेरा लागि भगवान नै तपाईं नै हो,’ सुर्खेत विमानस्थलमा श्रीमती ल्याइसकेपछि राजकलाका श्रीमान वृष महताराले भने, ‘सरकार धन्य छ । सबै जनाले मेरो श्रीमतीको जस्तै तत्काल सेवा पाउन् ।’ उनले अब श्रीमतीलाई केही नहुने विश्वास समेत गरे ।
यी त प्रतिनिधिमुलक घटना मात्र हुन् । कर्णालीका विकट जिल्लामा स्तरीय स्वास्थ्य संस्था नभएका कारण सुत्केरी महिलाको ज्यानको खतरा सधैं हुने गरेको मन्त्री दल रावलले बताए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार