एजेन्सी । थाइल्याण्डका राजाले आफ्नी वडीगार्ड ९अंगरक्षक०सँग विवाह गरेका छन् । बुधबार थाइल्याण्डका राजा वजिरालंगकर्नले आफ्नो व्यक्तिगत सुरक्षा टीमको प्रमुख सुथिदा टिदजाईसँग विवाह गरेर रानी बनाएको कुरा राज परिवारको सार्वजनिक राजपत्रमामा उल्लेख छ ।
७० वर्षसम्म राजा भएका भूमिवोलको सन् २०१६ अक्टोबरमा मृत्यु भएपछि राजा बनेका छोरा ६६ वर्षे वजिरालंगकर्नले अंगरक्षक टीमकी प्रमुखसँग विहे गरेका हुन् । बुधबार भएको विवाह समारोह साँझ टेलीभिजनमार्फत प्रशारण हुने भनिएको थियो यो कुराले त्यहाँका सर्वसाधारण नै चकित परेका थिए ।
उनीहरूको सम्बन्धका बारेमा स(साना कुरा बाहिर मीडियामा चलेका भएपनि थाइ दरबारले कुनै कुरा सार्वजनिक गरेको थिएन । थाई एअरलाइनको पूर्व–फ्लाइट एटेन्डेन्ट समेत रहेकी सुथिदालाई सन् २०१४ मा वजिरालंगकर्नले अंगरक्षक टिमको उप–कमाण्डका बनाएका थिए । सुथिदाको उमेर ४० वर्ष भयो उनीहरुबीचको उमेर अन्तर २६ वर्ष रहेको छ ।
बुवाको मृत्यु भएपनि वजिरालंगकर्नले राज्यभिषेक भने गरिसकेका छैनन् । पूर्व राजाको मृत्युको शोक अवधि चलिरहेका कारण यस्तो भएको हो ।शोक अवधि सकिए लगत्तै शनिवार वजिरालंगकर्नले राज्यभिषेक गर्ने तयारी रहेको जनाइएको छ । सोही अवसरमा उनले ३ दिन अगाडि विवाह गरेका हुन् ।
थाइल्याण्डको रिती अनुसार बौद्ध र ब्रामण्डको पुजाको दोस्रो दिन राजधानी बैंककमा राजा रानी सहितको राज्यभिषेक यात्रा हुनेछ । विगतमा तीन पटक विवाह गरेका राजाका सबैसँग डिभोर्समा भइसकेको छ । विगतका सम्बन्धबाट उनका सात सन्तान छन् । कैयौँ बाहिरी मीडियाहरुले यी राजामाथि प्लेब्वाय किंग भनेरसमेत आलोचनात्मक समाचार छाप्दै आएका थिए ।

सम्बन्धित खबर
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
यो पनि पढौँ
पोखराका मेयरलाई राजीनामा दिन सुझाव, जनता भन्छन् – ‘माखो मार्नुभएन, जिरो पर्सेन्ट काम, वडाध्यक्ष जति पनि छैन’
पोखराको लेकसाइडबाट ८ बालिकाको उद्धारः तीन स्पा सेन्टर कारबाहीमा
पोखरा महानगरपालिकाले सार्वजनिक सुनुवाइमा सहभागी हुन जारी सन्देशमा सदस्यहरू छुटाएपछि चार सदस्यको विमति
बाल प्रतिभा आवासीय माविमा विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न