ट्रम्पले राष्ट्रपति भएपछि १० हजार झुटो अभिव्यक्ति दिएको खुलासा

ट्रम्पले राष्ट्रपति भएपछि १० हजार झुटो अभिव्यक्ति दिएको खुलासा

trumpp-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भएपछि १० हजार झुटो अभिव्यक्ति दिएको खुलासा भएको छ । ट्रम्पले राष्ट्रपति भएदेखि हालसम्म दिएका झुटा अभिव्यक्तिको संख्याबारे वासिङटन पोस्टले नयाँ खुलासा गरेको हो ।

ट्रम्पले विभिन्न विषयमा बोलेका गलत कुराहरुले १० हजारको संख्या पार गरिसकेको सीएनएनले जनाएको छ । सो रिपोर्टका निरीक्षणकर्ता ग्लेन केस्लरले राष्ट्रपति ट्रम्पले अझैपनि भ्रामक वा गलत बयान दिने क्रमलाई अविश्वसनीय गतिमा जारी राखेको बताएका छन् ।

गत सेप्टेम्बरमा मात्र उनका झुटो अभिव्यक्तिहरुको संख्या पाँच हजार पुगेको थियो । तर उनले आफ्नो बोल्ने शैलीमा अझैपनि परिवर्तन ल्याउन सकेका छैनन्, जसले भ्रामक बयान दिनेक्रम नरोकिएको अमेरिकी सञ्चारमाध्यामहरुले जनाएका छन् । उनले पछिल्लो समय एक दिनमा कम्तिमा पनि २३ भ्रामक अभिव्यक्ति दिने गरेको केस्लरको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ