‘प्रेमले छुट्टायो आमाको काख, छुटेपछि भेट्नै नपाई आमाको मृत्यु’

‘प्रेमले छुट्टायो आमाको काख, छुटेपछि भेट्नै नपाई आमाको मृत्यु’

ama

अश्विन दानी, पोखरा । भनिन्छ नि, ‘नमर्दै देखिने स्वर्ग भनेकै आमाको काख हो’ । आमा मात्रै त्यो व्यक्ति हुन, जो आफु भोकै बसेर पनि आफ्ना सन्तानलाई पेटभरी खुवाउने सपना देख्छिन् । आफु रोएर पनि सन्तानलाई हसाउन कोसिस गर्छिन् ।

बैशाख २१ गते मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । अधिकांस छोराछोरी आमाको मुख हेर्नकै लागि टाढाटाढाबाट पनि आउने गर्छन् । तर, गोरखाका राम श्रेष्ठले भने जन्म घर पुगेर आमाको मुख हेर्न नपाएकै ६ बर्ष बित्यो । ६ बर्षसम्म घर गएर आमाको मुख हेर्न नपाएका उनीसँग अबभने घर पुगिहाले पनि आमाको मुख हेर्न कुनै बिकल्पै छैन ।

कारण, श्रेष्ठको र अञ्जली मियासँगको अन्तरजातीय प्रेम विवाह । जव श्रेष्ठ र मियाले २०६६ सालदेखिको आफ्नो प्रेम सम्बन्धलाई २०६९ सालमा दाम्पत्य जीवनमा परिणत गर्ने निधो गरे त्यहि दिनदेखि दुबैको परिवारबाट उनीहरु अस्वीकार भए ।

‘लामो समय लव परेपछि हाम्रो भागेर विहे भयो । सुरुमा दुवैको घरबाट अस्वीकार गरे । विहे भएको केहि महिनापछि अञ्जलीको घरबाट स्वीकार गरेपनि मेरो घरबाट गरेनन’ श्रेष्ठले गण्डक न्यूजसँग भने, ‘विहे भएको पनि ६/७ बर्ष भैसक्यो । घर जान पाको छैन । नत आमालाई बाँचुन्जेल सुख दिन सके नत मर्नेबेला सुन पानि ।’

आज, हरेक सन्तानले आमालाई आफ्नै हातले खानेकुरा खुवाएर रमाउँदै गर्दा श्रेष्ठ भने आमासँग ६ अघिको अन्तिम भेट झलझल्ती सम्झन्छन् । ‘मेरी आमालाई पहिल्यैदेखि क्यान्सरको लाग्याथ्यो । मैले विहे गर्नुभन्दा पहिले राम्ररी जचाई दिएको थिएँ’ श्रेष्ठ बिगत सम्झँदै भन्छन, ‘विहे पछि घरमा अरुसँग कुरा नभएपनि आमासँग फोनमा कुरा भई राख्थ्यो । सायद मैले चिन्ता लिन्छ भनेर होला । मैले सन्चो बिसन्चो सोध्दा सधैँ ठिक छ, पहिला भन्दा सन्चो भाछ । नआत्तिनु । तिमि राम्रो गर्नु बाबु मात्रै भन्नु हुन्थ्यो ।’

उनले अनुहारको खुसि गुमाउँदै थपे, ‘तर, आमाको क्यान्सरकै कारण मृत्यु भएको आज ६/७ महिला भयो । आमालाई बिसन्चो भएको सुनेभने तनाव लिन्छ भन्ने सम्झेर आमाले अन्तिम पटक फोन गर्दापनि नआत्तिनु रोक निको भैसक्या छ भन्नु भयो । उहाँको मृत्यु भएपछि पो थाहा पाएँ, रोग निको हैन झन बल्झिदै गाको रैछ ।’
श्रेष्ठ सम्झिन्छन, ‘विहे गरेपछि आमाले फोनमा पटकपटक भेट्न मन गर्नु भाथ्यो । मैले पनि भेट्न जाने कोसिस गरे । तर, परिस्थित नै मिलेन ।’

श्रेष्ठसँग अब आमाको मुख हेर्ने एउटै बिकल्प छ, ‘बित्तामा टाँसिएको रहेकी आमाको तस्वीर’ । ‘अब त मैले आमालाई सपना र कल्पनामा बाहेक कतै भेट्न पाउँदिन’ उनले भने, ‘विहे पछिसमय मिलाएर आमालाई भेट्छु, अनि आमाको मुख हेरेर फर्कीन्छु भन्दाभन्दै उहाँको मृत्यु भयो । अब त चाहेर पनि आमासँग कहिल्यै भेट्न पाउँदिन ।’
नोट : समाचारका वास्तवीक स्रोतको परिचय परिवर्तन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ