मुस्ताङमा ८२ वर्षीय वडाध्यक्ष जुवाको खालबाट पक्राउ

मुस्ताङमा ८२ वर्षीय वडाध्यक्ष जुवाको खालबाट पक्राउ

tass

पोखरा । मुस्ताङमा जुवाको खालबाट एक जना वडा अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर १ का ८२ बर्षीय वडाध्यक्ष रत्नप्रसाद ज्वारचनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विशेष सुराकीको आधारमा शनिबार साँझ वडा अध्यक्षसहित ४० बर्षीय शक्ति गौचन, ४९ बर्षीय महेन्द्र थकाली र जुवा खेलाउने घरधनी सुशीला थकालीलाई पक्राउ गरेको हो ।

जुवा खालबाट १३ हजार ३ सय २० जफत गरिएको छ । उनीहरुलाई हिरासतमा राखी घटनाबारे अनुसन्धान भइरहेको मुस्ताङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ