आपत्तकालिन अवतरण गर्ने क्रममा विमानमा आगलागी, ४१ जनाको मृत्यु (भिडियो)

आपत्तकालिन अवतरण गर्ने क्रममा विमानमा आगलागी, ४१ जनाको मृत्यु (भिडियो)

रसियाको मस्कोस्थित सेरेमेटिएभो विमानस्थलमा आपत्तकालिन अवतरण गर्ने क्रममा विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ ।

सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा यात्रुहरु एरोफ्लोट एयरलाइन्सको विमानको आपत्तकालिन द्वारबाट भाग्दै गरेको देखाइएको छ । रसियाको मिडियाका अनुसार मारिनेमा दुई बालबालिका र एक चालक दलका सदस्य रहेका छन् ।

प्रत्यक्षदर्शीले घटनाको बयान गर्दै उक्त दुर्घटनाबाट कोही पनि बाँच्नु ‘चमत्कार’ नै भएको बताएका    छन् । विमानमा ७३ यात्रु तथा ५ जना चालक दलका सदस्य रहेका थिए ।

दुर्घटनाबाट ३७ जना बाँच्न सफल भएका छन् । जसमध्ये ३३ यात्रु र चार चालक दलका सदस्य रहेका छन् । पाँच जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

रसियाको राष्ट्रियध्वजाबाहक विमान ‘प्राविधिक गढबढी’ देखिएपछि आपत्तकालिन अवतरणका लागि विमानस्थलमा फर्किएको बताइए पनि यसबारे विस्तृत जानकारी दिइएको छैन ।

सुखोइ सुपरजेट १०० मोडलको विमानले सेरेमेटिएभो विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ६ बजेर २ मिनेटमा उडान भरेको थियो ।

तर, उडान भर्ने बित्तिकै चालकका सदस्यले विमानमा प्राविधिक समस्या देखिएको जानकारी गराएका थिए । आपत्तकालिन अवतरण गर्ने क्रममा विमानको इन्जिनमा अगलागी भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ