नयाँ दिल्ली– ५ जना युवाको एक समूहले पतिलाई बन्धक बनाएर पत्नीमाथि बलात्कार गरेर भिडियो समेत खिचेको छ । उक्त भिडियो अहिले भाइरल बनिरहेको छ । यस्तो कूकर्म गर्नेमाथि कारबाही गर्नुको सट्टा प्रहरी पनि मुकदर्शक बनेको छ । यो घटना भारतीय राज्य राजस्थानअन्तर्गत अलवर जिल्लाको थानागाजी इलाकाको हो ।
घटना गत अप्रिल महिनाको २६ तारिखको हो । दिउँसो ३ बजे पति र पत्नी मोटरसाइकलमा लालवाडी गाउँबाट तालवृक्ष गइरहेका थिए । थानागाजी–अलवर बाइपास रोडमा ५ जना युवकले उनीहरुको अगाडि ल्याएर २ ओटा बाइक रोके ।
युवकहरुले दुवैजनालाई जबरजस्ती उठाएर सडकभन्दा केही पर लगे । त्यहाँ पतिमाथि कुटपिट गरेर उनलाई बन्धक बनाए । पतिलाई बन्धक बनाएपछि पाँचै जनालाई महिलामाथि सामूहिक बलात्कार गरे । उनीहरुले सामूहिक बलात्कारको भिडियो समेत बनाउन भ्याए । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा शेयर गरिएको छ ।
युवकको उमेर २०–२५ वर्ष भएको बताइएको छ । पीडित पक्षले मे ३ मा स्थानीय प्रहरीसमक्ष उजुरी दिएपनि प्रहरीले भने चुनावको कारण देखाउँदै घटनामाथि अनुसन्धान नगरेको जनाइएको छ ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत