काठमाडौं — पछिल्लो समय हृदयघातका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । अस्वस्थ्य खानपान, योग व्यायाम, शारीरिक कसरतअदीका कमीका कारण यस्तो समस्यामा बृद्धि भइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । जसका कारण बेलैमा यसबारे सचेतता अपनाउन सकियो भने यसको असरलाई न्यूनिकरण गर्न सकिन्छ ।
आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्तो संकेत आउँछ भन्ने छैन तैपनि शरीरले कुनै न कुनै किसिमको संकेत भने दिन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सचेत हुनु जरूरी छ । यहाँ दिइएकामध्ये कुनै पनि लक्षण देखिएमा तत्काल चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।
१ थकान
कहिलेकाहीँ थकित हुनु त सामान्य हो । बेस्सरी काम गर्ने सबैलाई थकान त लागिहाल्छ । तर ससानो काम गर्दा पनि थकाइ लाग्न थाल्यो भने बुझ्नुस्, मुटुलाई दबाब पर्दैछ । मुटुले पर्याप्त मात्रामा रगत पाइरहेको छैन र हृदयघात हुन सक्छ भन्ने लक्षण हो यो ।
२ छातीमा दबाब
छाती बाउँडिएर आउनु भनेको हृदयघातको चेतावनी हो । मुटु बेस्सरी धड्किने र छाती, पिठ्युँ, दाह्रा, घाँटी, पाखुरा वा माथिल्लो पेट दुख्ने गरेमा पनि हृदयघात हुन सक्छ ।
३ सास फेर्न अप्ठेरो
सास फेर्न गाह्रो हुनु भनेको तपाईंको फोक्सोमा पर्याप्त अक्सिजन नपुगेको हो र धमनी ब्लक भएको संकेत हो । सास फेर्न गाह्रो हुने काम नियमित भइरह्यो भने खतराको घन्टीका रूपमा बुझ्नुपर्छ ।
४ कमजोरी
तपाईं कमजोर र ऊर्जाहीन महसूस गरिरहनुभएको छ भने तपाईंका मांसपेशीले पर्याप्त अक्सिजन नपाएको लक्षण हो । हृदयघातको पहिलो चेतावनी हो यो ।
५ चक्कर र चिसो पसिना
यस्तो लक्षण देखियो भने तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ । बेस्सरी पसिना चुहिनु हृदयघातको प्राथमिक लक्षण हो र दिमागमा अक्सिजन नपुग्दा यस्तो हुन जान्छ ।
६ रुघा र ज्वरो
जाडोमा रुघा लाग्नु र ज्वरो फुट्नु स्वाभाविक हो । तर धेरै मान्छेलाई हृदयघातको एक महिनाअघि यस्ता लक्षण देखिन्छन् भन्ने थाहै छैन । खोक्दा शरीरको रक्तसञ्चार सहज हुन्छ ।
मुटुरोगबाट बच्नका लागि सात्विक आहार गर्ने, चुरोट नपिउने, रक्सी नपिउने, पर्याप्त सुत्ने र नियमित अभ्यास गर्ने गर्नुपर्छ । साथसाथै चिन्ता र तनाव नलिने गर्नुभयो भने पनि हृदयघात हुँदैन ।
एजेन्सी
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा