लाहोरको एक मस्जिदनजिकै विष्फोट, पाँच प्रहरीसहित आठको मृत्यु

लाहोरको एक मस्जिदनजिकै विष्फोट, पाँच प्रहरीसहित आठको मृत्यु

accident lohal

पाकिस्तानको लाहोरस्थित प्रसिद्ध दाता दरबार सुफी मस्जिदनजिकै विष्फोट भएको छ । सो विष्फोटमा परी  पाँच प्रहरीसहित ८ जनाको मृत्यु र २५ जना जति घाइते भएको रेडियो पाकिस्तानले जनाएको छ।

प्रहरीको एउटा गाडीलाई लक्षित गरी सो विष्फोट गरिएको बताइएको छ । अहिलेसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन।

इस्लाम धर्मावलम्बीहरूको पवित्र रमजान महिना सुरू भएपछि यो आक्रमण भएको हो । सिया र सुन्नी दुवै सम्प्रदायका मुसलमानहरू दाता दरबार मस्जिदमा जाने गर्छन्। इस्लामिक लडाकूहरूले पाकिस्तानमा प्रायः सुफी सम्प्रदायका व्यक्तिमाथि आक्रमण गर्ने गरेका छन् ।

सन् २०१० मा सो मस्जिदमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौं मानिसहरूको ज्यान गएको थियो ।  यसैबीच, राष्ट्रपति आसिफ अली र  प्रधानमन्त्री इमरान खानले मृत्यु भएकाप्रति समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री खानले सो विस्फोटनको निन्दा गर्दै घाइतेको राम्रो उपचारको प्रबन्ध गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ