एजेन्सी । मार्क जुकरवर्गलाई फेसबुकको स्थापना गर्न सघाएका क्रिस ह्युग्सले सो कम्पनीलाई तोड्नुपर्ने आह्वान गरेका छन् । बिहिबार ‘न्यु योर्क टाइम्स’ मा एक लामो लेख लेख्दै ह्युगले जुकरवर्गसँग हाल ‘निजी वा सरकारी निकायमा काम गर्ने कुनै पनि व्यक्तिभन्दा बढी प्रभाव भएको’ बताएका छन् ।
जुकरवर्गको ‘असाधरण शक्ति’ ले हानी पु¥याउन सक्ने भन्दै उनले ‘नियामकले फेसबुकलाई टुक्राउने समय आएको छ’ लेखेका छन् । ‘जुकरवर्ग असल र दयालु मानिस हुन् । तर उनले कम्पनीको विस्तारमा मात्र ध्यान दिँदा सुरक्षालाई बलिदान गरे र क्लिक बढाउने धुनमा सबै खालको मयार्दालाई तिलाञ्जली दिइएका छन्,’ ह्युगले लेखेका छन् ।
‘न्युज फिडको अल्गोरिदमले हाम्रो संस्कृतिलाई जसरी बदल्यो, निर्वाचनलाई जुन हदमा प्रभाव पार्यो र राष्ट्रवादी नेतालाई जसरी शक्ति प्रदान गर्यो त्यसको सम्भावनाबारे हामीले सुरुवाती दिनमै प्रयाप्त सोच विचार नगरेकोमा म आफैप्रति असन्तुष्ट छु,’ उनले भने ।
‘आजको दिनमा मार्कका नजिक रहेकाहरुले उनको गलत विश्वसप्रति प्रश्न गर्नेभन्दा पनि प्रशंसा गर्ने खालको देखिन्छ ।’ पछिल्लो समय फेसबुक र अन्य अनलाइन मञ्चमाथि कडा खालको नियन्त्रणको माग गर्ने क्रम बढेको छ । फेसबुकका व्यक्तिगत तथ्याङ्क अनुमति नलिई तेस्रो पक्षले प्रयोग गरिरहेको कयैन घटना बाहिरिएसँगै फेसबुकमाथि नियन्त्रण राख्ने माग उठ्न थालेका थिए ।
त्यस्तै फेसबुकमाथि कयैन देशमा निर्वाचनमा हस्तक्षेप गरेको र गलत सूचना फैलाएको आरोप पनि छ । यता, जकरवर्गले पनि आफू केही नियमनको लागि खुल्ला रहेको संकेत गरेका छन् । मार्चमा वाशिङ्टन पोष्टमा एक लेख लेख्दै नियमन कहाँबाट सुरु गर्नुपर्ने भन्ने लेखेका थिए ।
ह्युग फेसबुक आफैले नियमनको आह्वान गर्नु पछाडि चाल देख्छन् । फेसबुकले विगतमा कयैन सम्भावित प्रतिस्पर्धीलाई गरेको छ । यस्तो खुल्ला बजार विरोधी अभ्यासमा अमेरिकामा ठूलो कारबाही हुने गर्छ । ह्युगका अनुसार यो आह्वान फेसबुकमाथिको ‘एन्टी–ट्रस्ट ल(एकाधिकार विराधी कानुन)’को बहसमाथिको ध्यान अन्यत्र तान्न हो ।
दशक अघिनै फेसबुक छाडेका ह्युगले जुकरवर्गको एकाधिकारवादी क्रियाकलापको कारण हाल फेसबुकले सम्पूर्ण समाजिक सञ्जालको कुल आयको ८० प्रतिशत हिस्सा पाइरहेको बताए । यसको समाधानको लागि ह्युगले इन्स्टाग्राम र ह्वाटस–एपमाथि फेसबुकको स्वामित्व अन्त्य गराउनुपर्ने सुझाव दिएका छन् ।
ह्युगले अमेरिकी सरकारले एक नयाँ एजेन्सी निर्माण गरेरै प्रविधि उद्योगमाथि नियमन कायम राख्नु पर्ने माग गरेका छन् । “जुकरवर्गले हाल उपभोक्ताको छनौटलाई सिमित गरेका छन् । स्वतन्त्र प्रतिस्पर्धाको वातावरण सुचिश्चित गर्ने काम सरकारको हो र उसले त्यसलाई सुनिश्चितता गर्न सबै विकल्प चाल्नुपर्छ ।” ह्युगले लेखेका छन् ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग