श्रीलंका– इष्टर सन्डेका दिन २५० भन्दा धेरैको ज्यान जानेगरी आतंकवादी संगठन इस्लामिक स्टेटले गराएको श्रृङ्खलाबद्ध बम आक्रमणपछि मुलुकमा रहेका मुसलमान धर्मावलम्बी विरुद्ध हिंसाका घटना बढेको भन्दै मुलुकभर निषेधाज्ञा जारी गरिएको छ भने सरकारले सामाजिक सञ्जाललाई बन्द गरिदिएको छ ।
श्रीलंकाको पश्चिमी क्षेत्रमा रहेको कुरुनेगला क्षेत्रमा मुसलमान अल्पसङ्ख्यक तथा उनीहरुको सम्पत्तिलाई निशाना बनाएर हिंसात्मक घटना भएको र केही मस्जिदहरुमा आगो लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, मुसलमान धर्मावलम्बीलाई दुव्र्यवहारका घटनाको उजुरी पनि बढेको प्रहरीले जनाएको छ । यससँगै त्यहाँ नयाँ किसिमको जातीय द्वन्द्व हुनसक्ने भन्दै फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल बन्द गरिएको हो ।
त्यसबाहेक सरकारले मुलुकभर निषेधाज्ञा कर्फ्यू समेत जारी गरेको छ । मुसलमान धर्मावलम्बीविरुद्ध हिंसात्मक आक्रमण गर्ने मानिसहरुको समूहलाई प्रहरीले गिरफ्तार गरेको भएपनि उनीहरुलाई रिहा गर्न स्थानीयबाट चर्को दबाब आएको श्रीलंकाली सेनाको प्रवक्ता सुमिथ अटपट्टुले जनाएका छन् । श्रीलंकामा भएको आक्रमणपछि सरकारले सेनालाई विशेष अधिकार दिई हिंसा रोक्ने जिम्मा दिएको छ ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी