पुलवामा : भारतको जम्मू कश्मिर स्थित पुलवामा क्षेत्रमा सुरक्षा कारवाहीमा ३ आतंकवादीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । आतंकवादीहरु सँगको मुठभेडमा एक सुरक्षाकर्मीको पनि मृत्यु भएको छ ।
आतंकवादीहरु पुलवामाको दलीपारो क्षेत्रमा रहेको एक घरमा लुकेर बसेको सूचनाको आधारमा सुरक्षाकर्मीहरुले सर्च अपरेसन गरेका थिए। त्यसक्रममा सो क्षेत्रका सबै सडकहरु बन्द गरिएको थियो।
सर्च अपरेसन चलिरहँदा आतंकवादीहरुले गोली चलाउन सुरु गरेको भारतीय सेनाले दाबी गरेको छ। अझै आतंकवादीहरु रहेको आशंकामा पुलवामामा इन्टरनेट सेवा बन्द गरिएको छ भने स्थानीयहरुलाई सचेत रहन आग्रह गरिएको छ।
केहीदिन अघि मात्रै कश्मिरको शोपियां क्षेत्रमा समेत सुरक्षाकर्मी र आतंकवादीबीच मुठभेड हुँदा ५ आतंकवादीको मृत्यु भएको थियो । गत फेब्रुअरी १४ मा पुलवामामा आत्मघाती आतंकवादी आक्रमण हुँदा ४० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
भारतले सो आक्रमणको जिम्मेवारी पाकिस्तानमा सक्रिय जैश ए मोहम्मदमाथि लगाएको थियो। सो आक्रमण पछि दुवै राष्ट्रबीच युद्धको अवस्था सिर्जना भएको थियो। भारतले पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको थियो भने पाकिस्तानले भारतको दाबीलाई प्रोपागान्डा भनेको थियो।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन