भक्तपुर – ‘नेपालको सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेर्छौँ’ भन्दै नेपाली पैसा चोरी गरी लैजाने गरेको अभियोगमा प्रहरीले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले पाकिस्तानी नागरिक ३२ वर्षीय मोहसिन खान र अर्का पाकिन्तानी नागरिक ३१ वर्षीय पूजा मोहसिन लाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।
निज दुई पाकिस्तानी नागरिकले गएको वैशाख २९ गते बा। १९ च। ७४ नम्बरको कारमा आई सूर्यविनायक नगरपालिका ५ स्थित रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आर.के इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरमा आफूहरुसँग अमेरिकी डलर रहेको र नेपालको सबभन्दा ठूलो नोट कस्तो छ हेरौँ भनी हेर्ने क्रममा नोटको बिटोबाट ३० हजार रुपैयाँ चोरी गरेको प्रहरीको भनाइ छ ।
त्यसैगरी त्यसै नागरिकले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सन्तकृष्ण हेक्काले सञ्चालन गरेको हेक्का किचेन स्टोरमा गई नेपाली ठैलो नोट हेर्ने बाहनामा ७० हजार रुपैयाँ चोरी लगेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई काठमाण्डौबाट पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीमा परेको उजुरीको आधारमा गाडी नम्बरबाट खोजी गरेको र उनीहरुलाई काठमाण्डौको सिनामंगलस्थित रुद्र भ्यू होटलबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट २९ सय ५० अमेरिकी डलर, पाकिस्तानी मुद्रा ६३०, नेपाली एक लाख ३७ हजार ५०० रुपैयाँ बरामद गरेको उहाँले जानकारी दिए ।
पक्राउ परेका पाकिस्तानी नागरिकलाई महानगरीय प्रहरी वृत्त थिमिको हिरासतमा राखी अनुसन्धान गरी मुद्दा दायर गरिएको उहाँले जानकारी दिए ।ujyaaloonline.com
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु