तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज २६ वर्ष भएको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो ।
रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।
नेताको हत्या भएको २६ वर्ष पुग्दा समेत प्रभावकारी छानविन नभएकोमा विभिन्न क्षेत्रबाट असन्तुष्टी जनाउने गरिएको छ । एमाले नेतृत्वको सरकार बन्दा समेत आफ्ना नेताहरुको निधनबारे छानबिन नगरेको भनेर गुनासो हुने गरेको छ ।
भण्डारी र आश्रितको निधनको बारेमा तत्कालीन सरकारले प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । त्यस्तै एमालेले आफ्ना नेता केपी शर्मा ओलीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो भने पछि पद्यमरत्न तुलाधरको अध्यक्षतामा समेत छानबिन आयोग गठन गरिएको थियो ।
तर सबै छानबिन आयोग र समितिले कुनै ठोस निष्कर्ष निकाल्न सकेनन् । कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गरेको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार