जीवितै गाडिएको नवजात शिशुलाई अपाङ्ग कुकुरले बचायो

जीवितै गाडिएको नवजात शिशुलाई अपाङ्ग कुकुरले बचायो

pingpong

थाइल्याण्डमा जीवितै गाडिएको नवजात शिशुलाई कुकुरले उद्धार गरेको छ । किशोरी आमाले बच्चा जन्माएर  जीवितै पुरिएको शिशुलाई कुकुरले उद्धार गरेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको कुरा देशसञ्चारले लेखेको छ । १५ वर्षकी किशोरीले आफू गर्भवति भएको कुरा अभिभावकबाट लुकाएको र छोरा जन्मिएपछि पुरेको आरोप छ ।

घटना अनुसार, थाइल्याण्डको उत्तरी क्षेत्रको बान नोङ्ग खाम गाउँमा शिशु गाडिएको ठाउँमा पिङ्ग पोङ्ग नाम गरेको कुकुरले भुक्दै खनिरहेको देखेपछि स्थानीय पुगे । कुकुरका मालिकले शिशुको खुट्टा देखिएपछि बल्ल थाहा भएको बताएका छन् ।

स्थानीयले उद्धार गरि शिशुलाई अस्पताल लगे, डाक्टरले स्वास्थ्य परीक्षण गरि शिशु स्वस्थ रहेको बताए । शिशुको उद्धार गरेको कुकुर अपाङ्ग छ । पिङ्ग पोङ्गलाई कारले ठक्कर दिएका कारण उसको एउटा खुट्टाले काम गर्दैन।

शिशुकी किशोरी आमालाई बच्चा त्याग गरेको तथा हत्याको प्रयास गरेको आरोप दर्ता गरिएको छ । किशोरी आमाका आभिभावकले शिशुलाई हुर्काउने बताएका छन् । किशोरीले आफ्नो कार्यका लागि पछुतो मानेको बताएकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ