नुवाकोट । नुवाकोटका ४ हजार ५ सयभन्दा बढी भूकम्पपीडित पहिलो किस्ताको अनुदानसमेत नलिई सम्पर्कविहीन भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले ४ हजार ५८८ लाभग्राही सम्पर्कविहीन भएको जनाएको छ ।
लाभग्राहीको सूचीमा परेकाहरु नै अनुदान रकम लिन सम्पर्कमा नआएको कार्यालयको भनाइ छ । सम्पर्कमा नआएकाहरु घर नभत्किएका, बस्न योग्य एकभन्दा बढी घर भएका, एकाघरमै रहेर पनि भूकम्पपीडित लाभग्राहीको सूचीमा आफूलाई राखेका र बस्नयोग्य घर भएर बनाउन आवश्यक नपरेकाहरू भएको हुन सक्ने प्राधिकरण कार्यालयको अनुमान छ ।
सम्पर्कमा आएमा आवश्यक प्रक्रिया अगाडि बढाइने कार्यालयको भनाइ छ । १२ वटा स्थानीय तह रहेको नुवाकोटमा २०७२ सालमा गएको भूकम्पका कारण १ हजार ११२ जनाले ज्यान गुमाएका थिए भने ५ हजार जना घाइते भएका थिए ।
भूकम्प गएको चार वर्ष बितिसक्दा पनि नुवाकोटमा भूकम्पपीडितको घर पुनर्निर्माणको गति अझै पनि निराशाजनक छ । भूकम्पले जिल्लामा ध्वस्त हुन पुगेका ७६ हजार घरमध्ये ३२ हजारभन्दा बढी घर अझै निर्माण हुन बाँकी छन् ।imagekhabar
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा