नुवाकोट । नुवाकोटका ४ हजार ५ सयभन्दा बढी भूकम्पपीडित पहिलो किस्ताको अनुदानसमेत नलिई सम्पर्कविहीन भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले ४ हजार ५८८ लाभग्राही सम्पर्कविहीन भएको जनाएको छ ।
लाभग्राहीको सूचीमा परेकाहरु नै अनुदान रकम लिन सम्पर्कमा नआएको कार्यालयको भनाइ छ । सम्पर्कमा नआएकाहरु घर नभत्किएका, बस्न योग्य एकभन्दा बढी घर भएका, एकाघरमै रहेर पनि भूकम्पपीडित लाभग्राहीको सूचीमा आफूलाई राखेका र बस्नयोग्य घर भएर बनाउन आवश्यक नपरेकाहरू भएको हुन सक्ने प्राधिकरण कार्यालयको अनुमान छ ।
सम्पर्कमा आएमा आवश्यक प्रक्रिया अगाडि बढाइने कार्यालयको भनाइ छ । १२ वटा स्थानीय तह रहेको नुवाकोटमा २०७२ सालमा गएको भूकम्पका कारण १ हजार ११२ जनाले ज्यान गुमाएका थिए भने ५ हजार जना घाइते भएका थिए ।
भूकम्प गएको चार वर्ष बितिसक्दा पनि नुवाकोटमा भूकम्पपीडितको घर पुनर्निर्माणको गति अझै पनि निराशाजनक छ । भूकम्पले जिल्लामा ध्वस्त हुन पुगेका ७६ हजार घरमध्ये ३२ हजारभन्दा बढी घर अझै निर्माण हुन बाँकी छन् ।imagekhabar
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’