काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । एक प्रहरी अधिकारीले भने, ‘‘मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो रहेनछ । श्रीमती माइतीमा बस्दै आएकी थिइन् । सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनले धनराज र बमबहादुरको परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका रहेछन् । त्यही झोँकमा उनले सबैको हत्या गरेका हुनसक्छन् ।’’ प्रहरीका विभिन्न निकायले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले मुकुण्डो लगाएको व्यक्तिले खुकरी प्रहार गरी हत्या गरेको प्रहरीलाई बताएको पोखरेलले बताए । घटनास्थलमा कुनै पनि हतियार फेला परेको छैन । हत्या गरिएका परिवार र रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर सामान्य परिवारका व्यक्ति थिए । घटना मध्यरातमा भएको हुनसक्ने बताइएको छ ।
हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको र तीन सयभन्दा बढी प्रहरी परिचालन गरिएको प्रदेश नम्बर एक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।baahrakhari
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग