जबर्जस्तीकरणी मुद्दामा कारागार बसेका प्रेम होटलमा युवतीसँग आपत्तिजनक अवस्थामा भेटिए

जबर्जस्तीकरणी मुद्दामा कारागार बसेका प्रेम होटलमा युवतीसँग आपत्तिजनक अवस्थामा भेटिए

jailed

जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । यो समाचार आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेखेकी छिन् ।

भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र आफूहरु रक्सी खाँदै बाहिर पहरे दार भएर बस्छन् । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका –४ सेर्तुङका तामाङ जिल्ला अदालत धादिङबाट कैद सजाय तोकिएका अभियुक्त   हुन् ।

कानुनतः उनी जिल्ला कारागारभित्रै थुनिएको अवस्थामा हुनुपर्थो । किनभने उनलाई जिल्ला अदालत धादिङले जबरर्जस्ती करणी मुद्दामा २०७० जेठ २३ गते ११ वर्षको जेल सजाय तोकेको छ । तर उनी सदरमुकाम धादिङबेशीको एक होटलको कोठा नं १०४ मा नियोजित रुपमा थुनिन्छन् । उनलाई अरु कसैले थुनेको नभई जिल्ला कारागार धादिङबाट उपचार गर्ने बाहानामा आफैँ बाहिर आएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ