धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तानेर लग्यो। ‘चोर चोर’ भन्दा भन्दै सिक्री लुटेर भागे । गत सोमबार साँझ पल्सर मोटरसाइकलमा आएका दुई जनाले भीडभाड भएको मौका छोपी गुरुङको साढे दुई तोलाको सिक्री थुतेर भागे ।
मंगलबार बानियाँटारस्थित जलपाचोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ लुटिइन् । पल्सर मोटरसाइकलमा आएका दुई जनाले मीनाकुमारीको गलाको डेढ तोलाको सुनको लकेटसहितको सिक्री थुतेर भागे। गुहार माग्दा मोटरसाइकल धेरै टाढा पुगिसकेको थियो ।
गत चैत १३ गते बौद्ध टुसालमा याङ्जी शेर्पाको साढे दुई तोलाको सिक्री लुटियो । मानिस आउजाउ कम भएको मौका छोपेर पल्सरमा आएका दुई जनाले याङ्जीको सिक्री थुतेर भागेका थिए ।
यी तीनवटै घटना उदाहरणमात्रै हुन् । चैत दोस्रो सातादेखि जेठको पहिलो सातासम्म डेढ महिना अवधिमा उपत्यकामा नौ वटा सिक्री लुटपाटका घटना भएका छन् ।
प्रहरीले सबै घटनाका अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । गर्मी सुरु भएपछि सिक्री लुटेर सलबलाउने गरेको विश्लेषण प्रहरीको छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुले घटनाको अनुसन्धान गरिहरहेका छन् । प्रहरीले सकभर सक्कली गहना लगाएर हिँड्दा सावधानी अपनाउन पटकपटक सर्वसाधारणलाई सचेत गराउँदै आएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’