काठमाडौं । नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी देखिएको हो ।
देशभरका ठूला अस्पताल पुगेर ९७ जना मुटुरोगका बिरामीमा केन्द्रित रहेर अनुसन्धान गरिएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिए । अनुसन्धानकर्ताहरूले चुरोटकै कारण मुटुरोग भएका बिरामीलाई अध्ययनको आधार बनाएका थिए । एक्सन नेपालका डा देवीप्रसाद प्रसाईंले चुरोटसँग सम्बन्धित विभिन्न रोगको उपचारमा लाग्ने खर्च र नियमित प्रयोग गर्ने चुरोटमा हुने खर्च जोड्दा एक व्यक्तिले वर्षमा नौ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको पाइएको बताए ।
अस्पताल भर्ना भएका मुटुरोगका बिरामीहरूको प्रतिक्रियाको आधारमा यस्तो खर्च देखिएको हो । चुरोट सेवनले गर्दा हुने मुटुरोगको उपचारमा मात्रै प्रत्येक वर्ष ३३ अर्ब रुपैयाँ खर्च हुने गरेको डा प्रसाईंले जानकारी दिए । एक्सन नेपालले सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण वर्षमा २७ हजार एक सय ३७ जनाको मृत्यु हुने गरेको जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’