मेक्सिकोकी वातावरण तथा प्राकृतिक स्रोत मन्त्रीको कारण एउटा व्यवसायीक उडानमा रहेको बिमानको उडान ४० मिनेट ढिलो भएपछि पदबाट राजिनामा दिएकी छिन्।
जोसेफा गोन्जालेज क्लान्कोको आग्रहमा शुक्रबार एरोमेक्सिकोको उडान ४० मिनेट ढिलो गरिएको खुलेपछि राष्ट्रपति आन्ध्र म्यानुएल लोपेज ओब्रडोर समक्ष राजिनामा बुझाएकी हुन्।
‘त्यसलाई न्यायोचित ठह¥याउन सकिन्छ,’ गोन्जाले ब्लान्कोले राजिनामा पत्रमा लेखेकी छिन्, ‘मोक्सिकोको साँचो रुपान्तरणका लागि समानता र न्यायसँग पूर्ण रुपमा मेल हुन आवश्यक छ। कसैलाई कुनै पनि काम गर्दा विशेषाधिकार र सुविधा हुनुहुन्न, आफ्नो खुशीलाई धेरै मानिसका खुशी भन्दा माथि राखिनु हुन्न।’
उडानमा भएको ढिलाईको आम रुपमा अलोचना भएको थियो । सञ्चार माध्यमहरुमा राष्ट्रपतिको आदेशमा ढिलाइ भएको समाचार आएको थियो।
यसमा राष्ट्रपतिले कुनै आदेश नदिएको र आफ्नो कारणले मात्रै त्यस्तो ढिलाइ भएको उनले बताएकी छिन्।
भ्रष्टाचार निर्मूल पार्ने प्रतिवद्धता साथ शासनमा पुगेका लोपेज ओब्राडोरले मन्त्रीको राजिनामा स्वीकार गरेका छन् । राष्ट्रपति लोपेज ओब्राडोरले भ्रष्टाचार, नातावाद शुन्य पार्ने बताएका छन्। रोयटर्स
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर