काठमाडौं । छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकका रुपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ। उनी बदनियतपूर्ण तरिकाले परीक्षामा सहभागी भएको भेटिएको छ।
स्राेतका अनुसार परीक्षाका दिन बिदा बसेका उनी प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परीक्षणमा भने संलग्न रहेको पुष्टि हुन्छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र शर्माले मिलेमतो गरी शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई समेत यस विषयमा झुक्याउन सफल भए।
शर्माकी छोरी ललितपुरको प्रसादी एकेडेमीबाट कक्षा १२ को परीक्षामा सहभागी हुँदै थिइन्। उनी प्रश्नपत्र छपाइमा संलग्न रहेको भन्दै बोर्डकै कर्मचारीहरुले असन्तुष्टि जनाएका थिए। उक्त कुरा सञ्चारमन्त्री हुँदै शिक्षामन्त्रीसम्म पुग्यो। मन्त्रीले चासो देखाए। परीक्षा सुरु हुनु २ दिन अघि शर्माले बिदा बस्ने निवेदन दर्ता गराए। शर्मालाई जिम्मेवारीबाट हटाउने निर्णय भयो। नियन्त्रक शर्मालाई परीक्षाबाट हटाइएको जानकारी मन्त्रीलाई दिइयो। तर, शर्मा मन्त्रीलाई समेत झुक्याएर मर्यादाविपरित परीक्षाका काममा पटक–पटक सहभागी हुँदै आएका छन्। याे खबर आजकाे कान्तिपुर दैनिकमा छ।
सम्बन्धित खबर
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
यो पनि पढौँ
पोखराका मेयरलाई राजीनामा दिन सुझाव, जनता भन्छन् – ‘माखो मार्नुभएन, जिरो पर्सेन्ट काम, वडाध्यक्ष जति पनि छैन’
पोखराको लेकसाइडबाट ८ बालिकाको उद्धारः तीन स्पा सेन्टर कारबाहीमा
पोखरा महानगरपालिकाले सार्वजनिक सुनुवाइमा सहभागी हुन जारी सन्देशमा सदस्यहरू छुटाएपछि चार सदस्यको विमति
बाल प्रतिभा आवासीय माविमा विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न